अनलाइन कक्षा पढाएको शुल्क आधा लिन विराटनगर महानगरको निर्देशन « Khabarhub

अनलाइन कक्षा पढाएको शुल्क आधा लिन विराटनगर महानगरको निर्देशन


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर महानगरपालिकाले अनलाइन कक्षामार्फत अध्यापन गराउने निजी स्कुलहरुले विद्यार्थीका अभिभावकबाट आधा मात्र शुल्क लिन निर्देशन दिएको छ ।

विद्यार्थीका अभिभावकहरु निजी स्कुलले मनपरी शुल्क मागेको भन्दै गुनासो गरेपछि शुल्क निर्धारण गरिएको महानगरपालिकाको शिक्षा विभाग प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए ।

महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेको तर अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट समान्य अवस्थामा तोकिएको शुल्कको ५० प्रतिशत मात्रै लिन भनेको हो ।

विद्यालयले अनलाईन शुल्क कति लिने भन्ने कानूनी व्यवस्था नभएको र कोरोना महामारीमा अभिभावकहरुले पुरै शुल्क तिर्न नसक्ने भन्दै गुणासो गरेपछि शुल्क निर्धारण गरिएको उनले बताए ।

उनका अनुसार अभिभावकलाई राजी गराउन सक्ने निजी स्कुलहरुले भने पुरै शुल्क लिन पाउँने छन् । तर अभिभावकको सहमति विना आफुखुशी शुल्क लिने र विद्यार्थीलाई पुरै शुल्क लिन दवाब दिने विद्यालयहरुले भने आधा मात्र शुल्क लिनुपर्ने उनको भनाइ छ ।

महानगरको निर्देशन विपरीत कार्य गरेको पाइएमा कानूनी कारबाही गरिने समेत महानगरले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै