निषेधको राजनीतिले कसैको भलो हुँदैन : प्रदेश प्रमुख शेरचन « Khabarhub

निषेधको राजनीतिले कसैको भलो हुँदैन : प्रदेश प्रमुख शेरचन


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।

आइतबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयको तेस्रो स्थापना दिवस स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै शेरचनले निषेधको राजनीतिले कसैको भलो नहुने भन्दै प्रदेशमा देखिएको राजनितिक जटिलता समाधान गर्न सबै दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

शेरचनले अहिले देखिएको समस्या समाधान गर्न संवैधानिक बाटो रोज्नुको विकल्प नभएको तर्क गरे । संवैधानिक बाटोमा जादाँ अल्पमत,बहुमत देखिनुु स्वाभाविक रहेको बताउदै शेरचनले सबैले कसैसगँ पूर्वागह्र नराखी संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख शेरचनले आफुलाई सत्तापक्ष वा प्रतिपक्ष कसैले टाढाको रुपमा नहेर्न समेत आग्रह गरे । उनले  नीतिगत भष्टाचार होस् या जेसुकै भ्रष्टाचार होस् यसको अन्त्यका लागि आफू लागिपर्ने बताए ।

कार्यक्रममा सुशासनका बाधक भ्रष्टाचार नामक स्मारिका विमोचन गर्नुका साथै पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ३० बजे

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

काठमाडौं– इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन्

आन्तरिक माग सुस्त हुँदा चीनको औद्योगिक नाफा वृद्धिमा गिरावट

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारका कारण प्रविधि उत्पादन

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी