गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए ।

गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गरे ।

भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताए । उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको पनि बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै