गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए ।

गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गरे ।

भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताए । उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको पनि बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ३१ बजे

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या