काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम अघि बढाउन निर्देशन « Khabarhub

काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम अघि बढाउन निर्देशन


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काठमाडौँ उपत्यका र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन पनि बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्य पनि छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले बजेट वक्तव्यमा समेटिएका कतिपय योजनाहरूको स्रोत सुनिश्चित नभएको प्रति ध्यानाकर्षण भएको भन्दै स्रोत सुनिश्चितताका आधारमा मात्र वार्षिक कार्य योजना बजेट वक्तव्यमा समेट्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको उनले बताइन् ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले पूर्वाधार मार्ग करिडोरसँग सम्बन्धित कानुनी सहजताका लागि काम सुरु भएको जानकारी दिए । उनले सहरी विकासको योजनालाई अघि बढाउन अन्य मन्त्रालयसँग पनि समन्वयनकारी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

समिति सदस्यहरुले सहरी विकास आयोजनाहरूको गति सन्तोषजनक नरहेकाले यसलाइ सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ४६ बजे

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको