सञ्चालन भइरहेको त्रिविका परीक्षा स्थगित नहुने | Khabarhub Khabarhub

सञ्चालन भइरहेको त्रिविका परीक्षा स्थगित नहुने


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तालिका सार्वजनिक भएर हाल परीक्षा सञ्चालन भइरहेका कुनै पनि परीक्षा स्थगित नुहने जनाएको छ ।

आइतबार त्रिविमा बसेको परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको रजिष्टार पेशल दाहालले बताए ।

परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या थोरै र परीक्षा सकिने दिनपनि धेर्र नरहेकाले परीक्षालाई निरन्तरता दिने निर्णय गरिएको उनले बताए । परीक्षा तालिका सार्वजनिक नभएका र आगामी दिनमा हुने परीक्षाको विकल्पमा जान सक्ने गरि निर्णय भएको उनको भनाइ छ ।

त्रिविको अहिले सञ्चालन भइरहेको स्नातक प्रथम वर्षको परीक्षा साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ । कक्षा १२ को परीक्षा स्थगन भएसँगै त्रिविका परीक्षा के हुन्छन् भन्ने सबैमा अन्योलता रहेको थियो । जसलाई त्रिविको आजको निर्णयले प्रष्ट पारिदिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ३१ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको