देशप्रति गर्व र मधेशप्रति माया दर्शाउने भावना सबैमा हुनुपर्छ : प्रदेश प्रमुख अहिराज | Khabarhub Khabarhub

देशप्रति गर्व र मधेशप्रति माया दर्शाउने भावना सबैमा हुनुपर्छ : प्रदेश प्रमुख अहिराज


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- प्रदेश–२ प्रमुख डा. राजेश झा ‘अहिराज’ले देशप्रति गर्व र मधेशप्रति माया दर्शाउने भावमा सबैमा हुनुपर्ने बताएका छन् ।

सप्तरीमा आज भएको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीचको अन्तरक्रियामा उनले देशप्रति गर्व र मधेशप्रति मायाको भावना सबै नागरिक एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।

उनले भ्रष्टाचारीको जात, धर्म, आस्था नहुने भएकाले क्षमा गर्न नहुने तथा राष्ट्रिय एकता र नागरिकको सुरक्षाका विषयमा सम्झौता नहुने बताए।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोरोना महामारी नियन्त्रण लगायत समग्र जिल्लाको शान्ति सुरक्षाका लागि आफूले गरेका काममको बारेमा जानकारी गराएका थिए ।

यसैगरी नेपाली सेनाका गणपति नीरज भण्डारी, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाहले जिल्लामा हुने गरेका लागूऔषध, द्वन्द्व, हिंसा र अपराधजन्य गतिविधिका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ०२ बजे

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै