देशप्रति गर्व र मधेशप्रति माया दर्शाउने भावना सबैमा हुनुपर्छ : प्रदेश प्रमुख अहिराज « Khabarhub

देशप्रति गर्व र मधेशप्रति माया दर्शाउने भावना सबैमा हुनुपर्छ : प्रदेश प्रमुख अहिराज


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- प्रदेश–२ प्रमुख डा. राजेश झा ‘अहिराज’ले देशप्रति गर्व र मधेशप्रति माया दर्शाउने भावमा सबैमा हुनुपर्ने बताएका छन् ।

सप्तरीमा आज भएको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीचको अन्तरक्रियामा उनले देशप्रति गर्व र मधेशप्रति मायाको भावना सबै नागरिक एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।

उनले भ्रष्टाचारीको जात, धर्म, आस्था नहुने भएकाले क्षमा गर्न नहुने तथा राष्ट्रिय एकता र नागरिकको सुरक्षाका विषयमा सम्झौता नहुने बताए।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोरोना महामारी नियन्त्रण लगायत समग्र जिल्लाको शान्ति सुरक्षाका लागि आफूले गरेका काममको बारेमा जानकारी गराएका थिए ।

यसैगरी नेपाली सेनाका गणपति नीरज भण्डारी, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाहले जिल्लामा हुने गरेका लागूऔषध, द्वन्द्व, हिंसा र अपराधजन्य गतिविधिका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ०२ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको