दमका रोगीले के खाने ? के नखाने ? « Khabarhub

दमका रोगीले के खाने ? के नखाने ?


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दम रोग साधारण मानिएता पनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हुन्छ । स्वास फेर्ने नली नै सङ्कुचित हुन्छ । श्वास नलीको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिएता पनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ । आवाज ह्वार ह्वार हुने, सुत्दा झै गाह्रो हुने, घाँटी अप्ठ्यारो हुने, कफ सजिलै बाहिर नआउने, मुटुको धड्कन बढ्ने, हातखुट्टा चिसो हुने, मौसम परिवर्तन हुँदा अत्यन्तै पीडा हुने आदि लक्षणहरु देखा पर्दछ ।

कस्तो खानेकुरा खाने ?

१. खाना खाँदा गहुँको रोटी, जौको रोटी, केक, बिस्कुट, मूंगको दाल खाने ।

२. तरकारीमा पालुङ्गो, परबल, सलगम, मेथी, करेला, प्याज, धनियाँ, पुदिना, सैजन, अदुवा, लसुन, आलु आदि खाने ।

३. फलफूलमा मेवा, अनार, स्याउ, खजुर, अङ्गुर खानुपर्दछ ।

४. बेलुकी पखको खाना अलि कम गरी खाने ।

५. खाना खाने बित्तिकै ओछ्यानमा नसुतिकन खाना खाएको २÷३ घण्टापछि मात्र सुत्ने ।

कस्तो खानेकुरा नखाने ?

१. बास खाना, भात, दही, अण्डा, दूध, माछा, अमिलो पदार्थ नखाने ।

२. रक्सी, मासु कुखुराको मासु, सख्खर, चना, मिठाई नखाने ।

३. चिसो बरफ अनि आइसक्रिम नखाने ।

४.  केरा, खरबुजा, कालो दाल, बदाम, नरिवल, सानो केराउ, दूधबाट बनेको पदार्थ नखाने ।

५.  बिँडी, चुरोट, पराग, पानपराग, गुट्खा केही पनि नखाने ।

६.  पिरो मसाला राखेको खानेकुरा तेलमा घिउमा तारेको खाना पनि नखाने ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ५५ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म