दमका रोगीले के खाने ? के नखाने ? « Khabarhub

दमका रोगीले के खाने ? के नखाने ?


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दम रोग साधारण मानिएता पनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हुन्छ । स्वास फेर्ने नली नै सङ्कुचित हुन्छ । श्वास नलीको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिएता पनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ । आवाज ह्वार ह्वार हुने, सुत्दा झै गाह्रो हुने, घाँटी अप्ठ्यारो हुने, कफ सजिलै बाहिर नआउने, मुटुको धड्कन बढ्ने, हातखुट्टा चिसो हुने, मौसम परिवर्तन हुँदा अत्यन्तै पीडा हुने आदि लक्षणहरु देखा पर्दछ ।

कस्तो खानेकुरा खाने ?

१. खाना खाँदा गहुँको रोटी, जौको रोटी, केक, बिस्कुट, मूंगको दाल खाने ।

२. तरकारीमा पालुङ्गो, परबल, सलगम, मेथी, करेला, प्याज, धनियाँ, पुदिना, सैजन, अदुवा, लसुन, आलु आदि खाने ।

३. फलफूलमा मेवा, अनार, स्याउ, खजुर, अङ्गुर खानुपर्दछ ।

४. बेलुकी पखको खाना अलि कम गरी खाने ।

५. खाना खाने बित्तिकै ओछ्यानमा नसुतिकन खाना खाएको २÷३ घण्टापछि मात्र सुत्ने ।

कस्तो खानेकुरा खाने ?

१. बास खाना, भात, दही, अण्डा, दूध, माछा, अमिलो पदार्थ नखाने ।

२. रक्सी, मासु कुखुराको मासु, सख्खर, चना, मिठाई नखाने ।

३. चिसो बरफ अनि आइसक्रिम नखाने ।

४.  केरा, खरबुजा, कालो दाल, बदाम, नरिवल, सानो केराउ, दूधबाट बनेको पदार्थ नखाने ।

५.  बिँडी, चुरोट, पराग, पानपराग, गुट्खा केही पनि नखाने ।

६.  पिरो मसाला राखेको खानेकुरा तेलमा घिउमा तारेको खाना पनि नखाने ।

साभार  : हाम्रो घरको डाक्टर पुस्तकबाट

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ५५ बजे

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास