राष्ट्रियसभाको बैठक २५ गतेसम्मका लागि स्थगित | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक २५ गतेसम्मका लागि स्थगित


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ ।

प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।

दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गरे ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ सदनसमक्ष पेश गर्ने कार्यसूची थियो । सदन नभएका बेला जारी भएको अध्यादेश सदन खुलेपछि पहिलो बैठकमा पेश गर्ने परम्परा छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : ४० बजे

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मनाङमा कात्तिक १७ मा उप-निवार्चन हुने

मनाङ– हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा