सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ « Khabarhub

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँचजना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जंगल गएको प्रहरीले जनाएको छ ।

सिकार खेल्न गएका ६ जनामध्ये प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिए । पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद १३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

पक्राउ परेकालाई मंगलबार हतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ९ : ३६ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा