बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय « Khabarhub

बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलारुसका विपक्षी नेता ११ बर्ष कैद सजाय सुनाइएको छ ।

बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ ।

कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेकी थिइन् । गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएकी उनलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो ।

कोलेस्निकोवा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ ।”

लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० वर्ष जेल सजाय सुनाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ५५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी