मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार « Khabarhub

मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा पकेट क्षेत्रका लागि १० वटासम्म बाख्रा सहयोग गरिएको हो ।

महिला दिदीहरुलाई स्थानीय जागृत स्वलम्बन महिला समूहमा आबद्ध दिदीहरुले व्यावसायिकरूपमा बाख्रापालन गरी आम्दानी गरेपछि बहिनी समूहलाई व्यावसायिक बनाउन निःशुल्करुपमा बाख्रा प्रदान गरिएको हो । जागृत स्वालम्बन महिला मूल समूहबाट उत्पादित ३९ वटा बाख्रा तीन नयाँ उपसमूहलाई उपहार प्रदान गरिएको हो । चौरासी वटा बाख्रा उपहारबाट सुरुआत भएको कार्यक्रम हालसम्म २४७ वटा पुगेको हो ।

तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा)ले महिला समूहलाई बाख्रा उपहार गरी नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने योजनाका साथ काम थालिएको नगरपालिकाले जनाएको छ । बाख्रापालन गर्ने समूहका सदस्यलाई आधारशीला तालिम, समूह व्यवस्थापन तालिम, पशुको उचित व्यवस्थापन तालिम, करेसाबारी तालिम, बाह्य जिल्ला भ्रमण, खोर निर्माण, घाँस खेतीका निम्ति बीउ, बीउ पुँजी सहयोग रहेको सङ्घका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए ।

गरिबी निवारण तथा महिलालाई उत्पादनमूलक कार्यमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको बाख्रापालन पकेट क्षेत्र कार्यक्रम नगरपालिकाको ७५ प्रतिशत अनुदान र रेडाले २५ प्रतिशत गरी १०० प्रतिशतमा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख अशोककुमार शाहीले गरिबी र बेरोजगारीको समस्या हटाउन बाख्रापालन कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताए ।

विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवालाई स्वरोजगार बनाउनका निम्ति नगरपालिकाले देशमै पहिलो पटक युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको र यस अभियानले धेरै युवाले अवसरको सदुपयोग गरेको उनको भनाइ थियो । उनले सहुलियतमा बिना धितो ऋण प्रदान गरी कृषि र पशुपालनका क्षेत्रमा युवाको आकर्षण बढाएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले नागरिकलाई विभिन्न पकेट कार्यक्रममार्फत उत्पादनमूलक कार्यक्रममा जोडेर युवालाई उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा जागृत महिला समूहका सचिव रीता रानाले सुरुआतमा २५ महिलालाई बाख्रा प्रदान गरी कार्यक्रम शुरु गरिएको थियो । समूहले सामूहिक घाँस एक रोपनीमा रोपण, सामूहिक अदुवा खेती ३३२ केजी, तीन वटा उपहार समूहको निर्माण जुन समूहमा ६२ जना सदस्य रहेको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : २८ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत