एक लाखमा फार्मेसी डिप्लोमाको सर्टिफिकेट ! « Khabarhub

एक लाखमा फार्मेसी डिप्लोमाको सर्टिफिकेट !


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली मेडिकल डकुमेन्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका–९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो ।

नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको केसीमाथि आरोप छ ।

ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले केसीले सक्कली सर्टिफिकेटलाई पैसा लिएर अरुको नाममा नक्कली सर्टिफिकेट बनाइदिने गरेको खुलेको जानकारी दिइन् ।

सक्कली सर्टिफिकेटधारी चिकित्सकले आफ्नो नामको सर्टिफिकेट अरुकै नाममा बनेको भेटाएपछि परिसरमा उजुरी गरेको आधारमा उनलाई पक्राउ गरिएको बज्राचार्यले बताइन् ।

‘प्रारम्भिक अनुसन्धान अनुसार एक सर्टिफिकेट बनाएको न्यूनतम् एक लाख रुपैयाँ सम्म लिने गरेको खुलेको छ,’ बज्राचार्यले भनिन्, ‘एक्लैले यस्तो कामै गर्न सक्दैन, यसमा थुप्रै मानिसहरूको संलग्नता रहको आशंका छ ।’

केसीले थुप्रै सर्टिफिकेटलाई नक्कली बनाएर बेचेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यूज कारखानाबाट

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : २२ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी