गठबन्धन फुटाउन एमसीसी उपयोग हुँदैछ : प्रचण्ड (भिडियो) « Khabarhub

गठबन्धन फुटाउन एमसीसी उपयोग हुँदैछ : प्रचण्ड (भिडियो)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीलाई हतियार बनाएर गठबन्धन फुटाउने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।

सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३औँ स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै दाहालले अमेरिकी सहायत परियोजना (एमसीसी) लाई उचालेर गठबन्धन फुटाउने प्रयत्न जोडदाररूपमा भइरहेको बताए ।

‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशभित्र र बाह्य केही शक्ति केन्द्र हात धोएरै यसमा लागेका छन् ।’

उनले यथास्थितिमा एमसीसी पारित नहुने अडान फेरि एक दोहोर्‍याएका छन् । अस्पष्ट विषयबारे प्रष्ट पार्न अमेरिकालाई पत्र पठाइएकाले त्यसमा उसले दिने जवाफमा धेरै कुरा भर पर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहँदा पार्टीलाई रुपान्तरण गर्न नेतृत्वले दबाब सिर्जना गर्ने अवस्था आएको पनि उनले गुनासो गरे ।

क्रान्ति गर्छौं भन्नेहरु नै प्रतिक्रान्तिकारी भएको र  गुट बनाउँदै लालचमा फसेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ४५ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले