अध्यादेश र सभामुखविरुद्ध एमाले संसदमा कडा रुपमा प्रस्तुत हुने (भिडियो) | Khabarhub Khabarhub

अध्यादेश र सभामुखविरुद्ध एमाले संसदमा कडा रुपमा प्रस्तुत हुने (भिडियो)

कारबाही गरेका १४ सांसद् उपस्थित भए संसद् चल्न दिँदैनौँ : ओली


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको बुधबार सुरु हुने अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कडा रुपमा प्रस्तुत हुने भएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख अग्नि सापकोटा र अध्यादेशबारे कडारुपमा प्रस्तुत भए । उनले अपराधी गठबन्धनले आफ्नो पार्टी विभाजन गरेकोसमेत टिप्पणी गरे ।

उनले सभामुख, निर्वाचन आयोग र सरकारको अपराधिक गठबन्धनले एमाले विभाजनमा षडन्त्र गरेको आरोप लगाए । उनले आफूहरुले साउन २५ मै निष्कासन गरिसकेको व्यक्तिले एमाले विभाजन गरेको र त्यसलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै आक्रोश पोखे । उनले ती १४ जना सांसद संसदमा उपस्थित भए संसद चल्न नदिनेसमेत बताए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालसहित १४ जनालाई एमालेले कारबाही गरेको थियो ।

उनले आफूहरुले निष्कासन गरेका व्यक्तिलाई समावेश गरेर एमाले विभाजन गरिएको आरोप लगाए । उनले भने, ‘हामीले साउन २५ गते कारबाही गरेका लामो, समयदेखि गुटबन्दी गरेका, पार्टी फुटाउने प्रयास गरेका, जिल्लामा समानान्तर गतिविधि गर्ने व्यक्तिहरुले अहिले पार्टी विभाजन गरे । चैतमै पार्टी फुटाउने तयारी थियो, तर केहीले मानेनन् ।’

अध्यक्ष ओलीले राजनीति दल सम्बन्धी अध्यादेश जारी गरिएको विषयमा पनि आक्रोश पोखे । उनले भने, ‘गुरिल्ला पारामा अन्तिममा सबैलाई सिध्याएर अचानक आज संसद अधिवेशन स्वतः अन्त्य गरिने छ भन्ने भयो, छापामार शैलीमा । भोलिपल्ट बिहान अध्यादेश ल्याउने ।’

उनले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको आरोप लगाए । उनले भने, ‘अध्यादेशबाट आउने भनेको एक कानुन आउने हो । संसद चलेको छैन भने त्यस्तो बेलामा, छिटै अधिवेशन बोलाइने छ भने अध्यादेश कहिल्यै पनि आउँदै । तर बैठक चलिरहेकै छ । संसद चलिरहेको छ । त्यस्तो अवस्थामा बैठक चलिरहेको अवस्थामा, कानुन बनाउन अध्यादेश ल्याइयो । मध्यरातमा अधिवेशन अन्त्य भयो, भोलिपल्ट बिहानै अध्यादेश आयो ।’

उनले अध्यादेशको मस्यौदा बारम्बार संशोधन भएकोसमेत बताए । उनले हिसाब किताब गरेर, पाना पल्टाएर अध्यादेश ल्याइएको बताए । उनले एमाले सरकारले अध्यादेश ल्याएको भए आगो बल्ने थियो भन्दै अहिले प्रणाली सक्ने काम भएको बताए ।

बैठकमा अध्यक्ष ओली सभामुख अग्नि सापकोटामाथि पनि आक्रोश पोखे । उनले आफूहरुले पार्टीबाट निष्कासन गरेका व्यक्तिलाई पदमुक्तको सूचना नटासिएको बताए । उनले भने ‘पार्टीको विधान बमोजिम कारबाही गर्ने पार्टीको अधिकारको विषय हो । अरुले विचार गर्ने विषय होइन । सभामुखले सूचना टास गर्ने हो । विचाराधीनको जवाफ दिने होइन । केको विचाराधीन, अरु दलका सांसदलाई तत्कालन सूचना टासियो, हाम्रो पार्टीबाट निष्कासन गर्दा विचार गर्ने परामर्श गर्ने ?’

उनले सभामुखको भूमिका प्रमुख प्रतिपक्ष दल विरुद्ध, एमाले विरुद्ध, गठबन्धनको पक्षधर र षडयन्त्रको मतियार भएको बताए । उनले सभामुखको टेबुलबाट षडयन्त्र भएको बताए ।

अध्यक्ष ओलीले यो सत्तारुढ गठबन्धनमा भर पर्न नसकिने बताए । ‘यो परमादेशबाट असंवैधनिक ढंगले, जनताको मतबाट होइन, संसदबाट होइन, परमादेशबाट बनेको सरकार छ । यो सार्वभौम सत्ता सम्पन्न जनताप्रति कुनै जवाफदेहिता छैन’, उनले ‘यसको उत्पति नै लोकतान्त्रिक विधि प्रक्रियाबाट भएको छैन भने प्रणालीको रक्षा यसै हुँदैन । प्रणालीको रक्षा स्वभाविक रुपमा प्रक्रियासँग जोडिएको हुन्छ । यदि लोकतान्त्रिक प्रणालीबाट प्रक्रिया सुरु गरिएन भने लोकतन्त्रमाथि घात हुन्छ ।’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ०४ बजे

मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय

काठमाडौं– राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको छ

राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले