बागमतीमा अस्पताल अनुगमन अभियान सुरु « Khabarhub

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान सुरु गरिएको छ । 

प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ । 

त्यस अवसरमा प्रमुखसचिव अधिकारीले प्रदेशभित्रका सबै अस्पताललाई जनसेवामैत्री, सुविधा सम्पन्न एवं उत्कृष्ट अस्पतालका रूपमा सेवा विस्तार गर्ने लक्ष्यका साथ अभियान सुरु भएको बताए। त्यस क्रममा भक्तपुर अस्पतालको सेवा, बिरामी र कर्मचारीसम्म छलफल गरिएको उनले जानकारी दिए । 

वीर अस्पतालपछिको दोस्रो पुरानो यस अस्पतालमा भर्ना भएर सेवा लिइरहेका बिरामीको श्ययामा पुगेर प्रमुख सचिव अधिकारी, स्वास्थ्य सचिव डा. गौतमलगायतको टोलीले स्वास्थ्य सेवा, सेवा प्रवाहको अवस्था,  व्यवस्थापन र गुनासोबारे जानकारी लिएको थियो । 

प्रमुखसचिव अधिकारीले भने, ‘भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषणा भएको र यहाँको सेवा प्रवाह राम्रो रहेको सुन्दै आएका हौँ, यहाँको सेवा पनि राम्रै रहेछ । यस अस्पतालले थोरै जनशक्ति र सेवा सुविधाबाट पनि बिरामीलाई गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण पेस गरेको छ ।’

स्वास्थ्य सचिव डा. गौतमले उपचारका लागि आएका बिरामीलाई सेवाबाट सन्तुष्ट बनाएर घर पठाउने गरी सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। 

अस्पतालका लागि आवश्यक पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग हुने बताउँदै उनले अस्पताललाई तीन सय श्ययामा विस्तार गर्न नयाँ भवन निर्माणका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिए ।  

अन्तरक्रियामा अस्पतालका मेडिकल डाइरेक्टर डा. सुरेन्द्र भट्टले समग्र सेवा सुविधा, जनशक्ति अवस्था, उपकरण तथा पूर्वाधारबारे जानकारी गराए। 

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारी, स्वास्थ्यकर्मीलगायत सबैले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए।

उनले देशको दोस्रो पुरानो अस्पताल भएकाले यहाँ सेवा विस्तार तथा आवश्यक पूर्वाधारमा प्रदेशसँगै केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । 

त्यस क्रममा अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन, भवन तथा पूर्वाधारको व्यवस्था, कर्मचारीको सेवासुविधामा वृद्धि, अस्पतालका लागि आवश्यक स्रोतसाधन तथा सुधारबारे कर्मचारीहरूले गुनासो तथा सुझाव व्यक्त गरेका थिए । 

प्रमुख सचिव अधिकारीले प्राप्त सुझाव तथा गुनासालाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारले स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ७ : ४७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा