अध्यादेश र सभामुखविरुद्ध एमाले संसदमा कडा रुपमा प्रस्तुत हुने (भिडियो) « Khabarhub

अध्यादेश र सभामुखविरुद्ध एमाले संसदमा कडा रुपमा प्रस्तुत हुने (भिडियो)

कारबाही गरेका १४ सांसद् उपस्थित भए संसद् चल्न दिँदैनौँ : ओली


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको बुधबार सुरु हुने अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कडा रुपमा प्रस्तुत हुने भएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख अग्नि सापकोटा र अध्यादेशबारे कडारुपमा प्रस्तुत भए । उनले अपराधी गठबन्धनले आफ्नो पार्टी विभाजन गरेकोसमेत टिप्पणी गरे ।

उनले सभामुख, निर्वाचन आयोग र सरकारको अपराधिक गठबन्धनले एमाले विभाजनमा षडन्त्र गरेको आरोप लगाए । उनले आफूहरुले साउन २५ मै निष्कासन गरिसकेको व्यक्तिले एमाले विभाजन गरेको र त्यसलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै आक्रोश पोखे । उनले ती १४ जना सांसद संसदमा उपस्थित भए संसद चल्न नदिनेसमेत बताए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालसहित १४ जनालाई एमालेले कारबाही गरेको थियो ।

उनले आफूहरुले निष्कासन गरेका व्यक्तिलाई समावेश गरेर एमाले विभाजन गरिएको आरोप लगाए । उनले भने, ‘हामीले साउन २५ गते कारबाही गरेका लामो, समयदेखि गुटबन्दी गरेका, पार्टी फुटाउने प्रयास गरेका, जिल्लामा समानान्तर गतिविधि गर्ने व्यक्तिहरुले अहिले पार्टी विभाजन गरे । चैतमै पार्टी फुटाउने तयारी थियो, तर केहीले मानेनन् ।’

अध्यक्ष ओलीले राजनीति दल सम्बन्धी अध्यादेश जारी गरिएको विषयमा पनि आक्रोश पोखे । उनले भने, ‘गुरिल्ला पारामा अन्तिममा सबैलाई सिध्याएर अचानक आज संसद अधिवेशन स्वतः अन्त्य गरिने छ भन्ने भयो, छापामार शैलीमा । भोलिपल्ट बिहान अध्यादेश ल्याउने ।’

उनले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको आरोप लगाए । उनले भने, ‘अध्यादेशबाट आउने भनेको एक कानुन आउने हो । संसद चलेको छैन भने त्यस्तो बेलामा, छिटै अधिवेशन बोलाइने छ भने अध्यादेश कहिल्यै पनि आउँदै । तर बैठक चलिरहेकै छ । संसद चलिरहेको छ । त्यस्तो अवस्थामा बैठक चलिरहेको अवस्थामा, कानुन बनाउन अध्यादेश ल्याइयो । मध्यरातमा अधिवेशन अन्त्य भयो, भोलिपल्ट बिहानै अध्यादेश आयो ।’

उनले अध्यादेशको मस्यौदा बारम्बार संशोधन भएकोसमेत बताए । उनले हिसाब किताब गरेर, पाना पल्टाएर अध्यादेश ल्याइएको बताए । उनले एमाले सरकारले अध्यादेश ल्याएको भए आगो बल्ने थियो भन्दै अहिले प्रणाली सक्ने काम भएको बताए ।

बैठकमा अध्यक्ष ओली सभामुख अग्नि सापकोटामाथि पनि आक्रोश पोखे । उनले आफूहरुले पार्टीबाट निष्कासन गरेका व्यक्तिलाई पदमुक्तको सूचना नटासिएको बताए । उनले भने ‘पार्टीको विधान बमोजिम कारबाही गर्ने पार्टीको अधिकारको विषय हो । अरुले विचार गर्ने विषय होइन । सभामुखले सूचना टास गर्ने हो । विचाराधीनको जवाफ दिने होइन । केको विचाराधीन, अरु दलका सांसदलाई तत्कालन सूचना टासियो, हाम्रो पार्टीबाट निष्कासन गर्दा विचार गर्ने परामर्श गर्ने ?’

उनले सभामुखको भूमिका प्रमुख प्रतिपक्ष दल विरुद्ध, एमाले विरुद्ध, गठबन्धनको पक्षधर र षडयन्त्रको मतियार भएको बताए । उनले सभामुखको टेबुलबाट षडयन्त्र भएको बताए ।

अध्यक्ष ओलीले यो सत्तारुढ गठबन्धनमा भर पर्न नसकिने बताए । ‘यो परमादेशबाट असंवैधनिक ढंगले, जनताको मतबाट होइन, संसदबाट होइन, परमादेशबाट बनेको सरकार छ । यो सार्वभौम सत्ता सम्पन्न जनताप्रति कुनै जवाफदेहिता छैन’, उनले ‘यसको उत्पति नै लोकतान्त्रिक विधि प्रक्रियाबाट भएको छैन भने प्रणालीको रक्षा यसै हुँदैन । प्रणालीको रक्षा स्वभाविक रुपमा प्रक्रियासँग जोडिएको हुन्छ । यदि लोकतान्त्रिक प्रणालीबाट प्रक्रिया सुरु गरिएन भने लोकतन्त्रमाथि घात हुन्छ ।’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ०४ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै