नदीजन्य सामग्री उत्खननको विरोधमा स्थानीयवासी « Khabarhub

नदीजन्य सामग्री उत्खननको विरोधमा स्थानीयवासी


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- कास्कीको दक्षिण–पूर्वस्थित पोखरा महानगरपालिका– ३२ को दक्षिण भाग, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ र २ तथा रुपा गाउँपालिका – ५ को पश्चिम भागको फुस्रे, ताल र खुदी खोलाको नदी तट र जलाधार क्षेत्रबाट नदीजन्य सामग्री उत्खनन गर्ने प्रयास भइरहेको भन्दै यहाँका स्थानीयवासीले विरोध गरेका छन् ।

यस वर्षदेखि ताल र खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन तथा बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका कार्य अघि बढाउन थालिएको भन्दै त्यसको जनस्तरबाट विरोध भएको हो ।

विगतदेखि नै उक्त जलाधारबाट प्रभावित पोखरा–३२ का ढोडबेँसी, मालेपाटन, मालमूल, तल्लो गगनगौँडा गाउँ, रुपा गाउँपालिकाको देउराली फेदी, सहेला गाउँ तथा शुक्लागण्डकीको सेराबेँसी, एक्लेखेत, कोत्रे गाउँ भूक्षय तथा खोलाको कटानलाई नियन्त्रण गर्न प्रयास गर्दै आएको भूक्षय जलाधार तथा वातावरण संरक्षण समितिले औपचारिक रुपमा नै सम्बन्धीत निकायमा पत्राचारसहित ध्यानाकर्षण गराएको अध्यक्ष शिवबहादुर थापाले जानकारी दिए ।

‘यसै वर्षदेखि ताल, खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन र बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका काम अघि बढाउन खोजिएको भन्ने कुराले हामीलाई गम्भीर बनाएको छ’, उनले भने, ‘नदीजन्य पदार्थ उत्खनन गर्दा जलाधारक्षेत्र छेउछाउका बस्ती अति जोखिममा परी बाढीपहिरोमा बग्ने निश्चित प्रायः छ ।’

समितिले यस सम्बन्धमा गण्डकी प्रदेश प्रमुखको कार्यालयसहित सम्बद्ध कास्की र तनहुँका जिल्ला प्रशासन कार्यालय, भूक्षय तथा जलाधार कार्यालय, सम्बन्धित नगरपालिका, प्रहरी कार्यालय आदिमा ध्यानाकर्षणसहित पत्राचार गरिसकेको समितिका सचिव विन्दुराज तिवारीले बताए ।

यस जलाधार क्षेत्रकै संरक्षणका लागि २०६९ सालमा समिति गठन गरी त्यसयता जलाधार नियन्त्रण एवं संरक्षणका गतिविधिअघि बढाइएको समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए ।

जलाधार क्षेत्रको नदीजन्य पदार्थ उत्खनन गर्दा चाँडै नै यस क्षेत्रका बस्ती सङ्कटमा पर्ने भएका कारण यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान पुग्नु जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ५० बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै