लुम्बिनी प्रदेशमा ७४ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा « Khabarhub

लुम्बिनी प्रदेशमा ७४ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । लुम्बिनीका १०९ स्थानीय तहमध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ ले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

विसं २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी जम्मा एक हजार ५६७ जना निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले यही भदौ १५ गतेदेखि २२ गतेसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।

दाङ २१, बाँके – १२ , रुपन्देही– ७, रुकुम पूर्व– ४, रोल्पा – ५, बर्दिया – ६, अर्घाखाँची – ६, प्यूठान– ८ ,पाल्पा –१, नवलपरासी (पश्चिम)–२, कपिलवस्तुमा १ जना लुम्बिनीमा नेकपा ९एकीकृत समाजवादी० रोज्ने स्थानीय तहका जनप्रतिनिधि रहेको जनाइएको छ । गुल्मीमा कुनै पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेशमा २० जनाले सनाखत गरेका छन् । जसमध्ये रुपन्देहीमा १९ र कपिलवस्तुमा एक गरी २० जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : ३३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा