एमालेले १४ सांसदलाई संसदमा सहभागी हुन नदिने भएपछि रणनीति बनाउँदै सत्तारुढ गठबन्धन « Khabarhub

एमालेले १४ सांसदलाई संसदमा सहभागी हुन नदिने भएपछि रणनीति बनाउँदै सत्तारुढ गठबन्धन

सिंहदरबारमा बैठक जारी


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले संसदमा आक्रामक बन्ने भएपछि सत्तारुढ गठबन्धनले त्यसविरुद्ध रणनीति बनाउन बैठक बोलाएको छ । एमालेको बुधबार बसेको संसदीय दलको बैठकले आफूले कारबाही गरेका १४ जना सांसदहरु बैठकमा सहभागी बैठक चल्न नदिने बताएपछि सत्तारुढ गठबन्धले बैठक बोलाएको हो ।

सिंहदरबारमा अहिले गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

यो बैठकले बुधबार ४ बजे बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सो दलका १४ जना सांसद बैठकमा उपस्थित भए बैठक चल्न नदिने बताएको हो । संसद नियामवली अनुसार संसदको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको सम्भवित कार्यसूचीमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची बनाएको छ । तर, एमालेले सो अध्यादेश र सभामुख अग्नि सापकोटाविरुद्ध पनि आक्रामक बन्ने बताएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ४७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड