एमाले सांसदको अवरोधले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित « Khabarhub

एमाले सांसदको अवरोधले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : २२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा