मन्त्री भुसालद्वारा रुद्रायणी मन्दिर पुनर्निर्माणको शिलान्यास « Khabarhub

मन्त्री भुसालद्वारा रुद्रायणी मन्दिर पुनर्निर्माणको शिलान्यास


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खोकनाबासीका आराध्य एवं इष्टदेवता ‘रुद्रायणी’ मन्दिर पुनर्निर्माणको आज शिलान्यास गरेकी छिन् ।

सो अवसरमा उनले मन्दिर पुनर्निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधन अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै खोकनावासीका आस्थाको मन्दिरलाई पूर्णता दिन आफूले निरन्तर सहयोग गर्ने बताइन् ।

ललितपुर महानगरपालिका–२१ स्थित सो मन्दिर विसं २०७२ वैशाख १२ गते गएको गोर्खा भूकम्पले पूर्णरूपमा क्षति भएको थियो ।

पुरातात्विक एवं एतिहासिक महत्वका सो मन्दिरको पुनर्निर्माण हालसमम हुन सकेको थिएन । ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार प्राविधिक अध्ययन पूरा गर्न र स्रोतसाधन जुटाउन समय लागेकाले पुनर्निर्माणमा ढिलाइ भएको हो ।

उनका अनुसार मन्दिर पुनर्निर्माणका लागि रु ६ देखि सात कारोड लाग्ने अनुमान गरिएको छ । स्थानीय कालीगढको सहयोगमा तीन वर्षभित्र पुनर्निर्माण सकाउने लक्ष्य लिइएको छ ।

वडाध्यक्ष महर्जनका अनुसार खोकनाबासीले यस देवीको आराधाना गर्दा दुःख, कष्ट निवारण एवं दुर्घटनाबाट बच्न सकिने विश्वास रहिआएको छ । शक्तिकी देवीका रूपमा पुजीने यस देवीको मन्दिर परिसरमा आश्विन शुल्कपक्ष तृतीयाको दिन जात्रा शुरु भई नौ दिनसम्म लाग्नेछ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ०१ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै