मन्त्री भुसालद्वारा रुद्रायणी मन्दिर पुनर्निर्माणको शिलान्यास « Khabarhub

मन्त्री भुसालद्वारा रुद्रायणी मन्दिर पुनर्निर्माणको शिलान्यास


२३ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खोकनाबासीका आराध्य एवं इष्टदेवता ‘रुद्रायणी’ मन्दिर पुनर्निर्माणको आज शिलान्यास गरेकी छिन् ।

सो अवसरमा उनले मन्दिर पुनर्निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधन अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै खोकनावासीका आस्थाको मन्दिरलाई पूर्णता दिन आफूले निरन्तर सहयोग गर्ने बताइन् ।

ललितपुर महानगरपालिका–२१ स्थित सो मन्दिर विसं २०७२ वैशाख १२ गते गएको गोर्खा भूकम्पले पूर्णरूपमा क्षति भएको थियो ।

पुरातात्विक एवं एतिहासिक महत्वका सो मन्दिरको पुनर्निर्माण हालसमम हुन सकेको थिएन । ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार प्राविधिक अध्ययन पूरा गर्न र स्रोतसाधन जुटाउन समय लागेकाले पुनर्निर्माणमा ढिलाइ भएको हो ।

उनका अनुसार मन्दिर पुनर्निर्माणका लागि रु ६ देखि सात कारोड लाग्ने अनुमान गरिएको छ । स्थानीय कालीगढको सहयोगमा तीन वर्षभित्र पुनर्निर्माण सकाउने लक्ष्य लिइएको छ ।

वडाध्यक्ष महर्जनका अनुसार खोकनाबासीले यस देवीको आराधाना गर्दा दुःख, कष्ट निवारण एवं दुर्घटनाबाट बच्न सकिने विश्वास रहिआएको छ । शक्तिकी देवीका रूपमा पुजीने यस देवीको मन्दिर परिसरमा आश्विन शुल्कपक्ष तृतीयाको दिन जात्रा शुरु भई नौ दिनसम्म लाग्नेछ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  १० : ०१ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो