एमालेकाे विरोधप्रति सभामुख सापकोटाकाे आक्रोश | Khabarhub Khabarhub

एमालेकाे विरोधप्रति सभामुख सापकोटाकाे आक्रोश


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार सुरु भएको संसदको पहिलो बैठकमै एमाले सांसदहरुले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको विरोध गरे ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए । प्रतिनिधिसभाको बैठकको सुरुमै सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् अधिवेशन आह्वान गरेको प्राप्त पत्र पढेर सुनाउन नथाल्दै एमालेका सांसदहरू उठेर नाराबाजी गर्न थाले ।

त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक भट्टराईले आफ्नो भनाइ राख्नेक्रममा एमाले विभाजन गर्न सभामुख सापकोटा मतियार बनाएको आरोप लगाए । उनले एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै एमाले विभाजनमा सभामुखले सहयोग गरेको आरोप लगाए । यतिपछि उनले यो विषयमा प्रष्ट नपारेसम्म संसद बैठक चल्न नदिने बताए ।

त्यसपछि एमाले सांसदहरु आ आफ्नो ठाउँबाट उठेर नाराबाजी सुरु गरे । एमाले सांसदहरु नाराबाजीमा लागिरहेका बेला सभामुख सापकोटाले भने १४ जना सांसदमाथि कारबाहीको सूचना किन नटासिएको हो भन्ने विषयमा प्रतिनिधिसभा नियामवली पढेर सुनाए । तर एमाले सांसदहरुले सभामुखको कुरा सुनेन् । त्यतिबेलासम्म नम्र देखिएका सभामुख सापकोटा एकाएक जंगिए । उनले आक्रोशित भएर भने, ‘माननयि सांसदहरु नियामवलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु । संसदको मर्यादा ख्याल गर्नुहोस् ।’

सभामुखले प्रनिनिधिसभा नियामवलीको नियम २१ को खण्ड ख र ग ध्यानाकर्षण गराएका थिए । नियम २१ को खण्ड ख मा लेखिएको छ, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने ।’ यस्तै ग मा ‘सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने’, लेखिएको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ मा यस्तो छ व्यवस्था

तर एमाले सांसदहरु उठिरेपछि सभामुख सापकोटाले १५ मिनेका लागि बैठक स्थगित गरे ।

एमाले सांसदको नाराबाजीपछि सभामुखले बुधबारको बैठकको कार्यसूचीसमेत पेस गर्न पाएनन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ३९ बजे

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि