पत्रकार अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक « Khabarhub

पत्रकार अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा पत्रकार तथा शिक्षा पत्रकार समूह(इजोन) का अध्यक्ष प्रकृति अधिकारीले लेखेको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

४४४ पृष्ठ ठूलो यो पुस्तकमा राणाकालीन १०४ वर्षको शैक्षिक विकासको अवस्था, ऐतिहासिक शैक्षिक लिखत, दस्तावेजलगायत विषय समेटिएको लेखक अधिकारीले बताए । उनले भने, ‘राणाकालीन शिक्षाको विषयमा मैले मात्र पहिलो पटक पुस्तक लेखेको हैन। म भन्दा अगाडि पनि धेरै लेखकहरुले यी विषमा पुस्तक लेखिसेको छन ।’

आफूले लेखेको पुस्तक अझ परिस्कृत भएको उनले बताए ।

उनले भने, ‘ यो  पुस्तकमा विगतमा प्रकाशित भएका पुस्तहरुमा छुटेका केही तिथि मिति, नाम लगायत सम्पूर्ण कुराको तथ्य शोधखोज गरेको छु, पाठकहरुका लागि यसले राणाकालीन इतिहासबारे बुझ्न थप मद्धत पुग्नेछ।’

इतिहास बारे नयाँ पुस्तालाई सत्य तथ्य जानकारी गरानुपर्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए ।

अधिकारी करिव २५ वर्षदेखि शिक्षा पत्रकारिता पेशामा आवद्ध छन् । यसअघि उनको ‘एसएलसीको इतिहास’ नामक पुस्तक पनि सर्वाजनिक भइसेको छ । पुस्तको मूल्य ५५० र मोटो गाताको मूल्य ८५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ५८ बजे

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित

मालपोतका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत