पत्रकार अधिकारीको 'राणाकालीन शिक्षा' पुस्तक सार्वजनिक | Khabarhub Khabarhub

पत्रकार अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा पत्रकार तथा शिक्षा पत्रकार समूह(इजोन) का अध्यक्ष प्रकृति अधिकारीले लेखेको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

४४४ पृष्ठ ठूलो यो पुस्तकमा राणाकालीन १०४ वर्षको शैक्षिक विकासको अवस्था, ऐतिहासिक शैक्षिक लिखत, दस्तावेजलगायत विषय समेटिएको लेखक अधिकारीले बताए । उनले भने, ‘राणाकालीन शिक्षाको विषयमा मैले मात्र पहिलो पटक पुस्तक लेखेको हैन। म भन्दा अगाडि पनि धेरै लेखकहरुले यी विषमा पुस्तक लेखिसेको छन ।’

आफूले लेखेको पुस्तक अझ परिस्कृत भएको उनले बताए ।

उनले भने, ‘ यो  पुस्तकमा विगतमा प्रकाशित भएका पुस्तहरुमा छुटेका केही तिथि मिति, नाम लगायत सम्पूर्ण कुराको तथ्य शोधखोज गरेको छु, पाठकहरुका लागि यसले राणाकालीन इतिहासबारे बुझ्न थप मद्धत पुग्नेछ।’

इतिहास बारे नयाँ पुस्तालाई सत्य तथ्य जानकारी गरानुपर्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए ।

अधिकारी करिव २५ वर्षदेखि शिक्षा पत्रकारिता पेशामा आवद्ध छन् । यसअघि उनको ‘एसएलसीको इतिहास’ नामक पुस्तक पनि सर्वाजनिक भइसेको छ । पुस्तको मूल्य ५५० र मोटो गाताको मूल्य ८५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ५८ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा