फेरि बसेको प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी « Khabarhub

फेरि बसेको प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेको अवरोधपछि केही समय स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । तर, एमाले सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन ।

एमाले विभाजनमा सभामुखले सहयोगी बनेको एमालेले आरोप लगाएको छ । एमालेले यस्तो आरोप लगाएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा सभामुखको भूमिकालाई लिएर प्रश्न गर्न नपाइने प्रतिनिधिसभाको नियमावलीको व्यवस्थातर्फ ध्यानाकर्षण गराएका थिए ।

एमाले सांसदहरुले लागतार नाराबाजी गरेपछि एमाले सांसदहरुको मागबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरे पनि एमालेको नाराबाजी जारी छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ०५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा