एमालेको विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश (भिडियोसहित) « Khabarhub

एमालेको विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश (भिडियोसहित)

अर्को बैठक यही २५ गते


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश गरेका छन् ।

बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेश गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो।

हेरौँ भिडियो

https://www.facebook.com/watch/?v=4483906181676391&ref=sharing

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए ।

एमाले सांसदले नाराबाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न पटक पटक आग्रह गरेका थिए ।

उनले संविधान, नियम र कानुन अनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न अनुरोध गरेका थिए ।

अधिवेशन सुरु भएको पहिलो दिन नै प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको विरोध गर्दै बैठक चल्न नदिएकाले चालु अधिवेशन सहज नहुने देखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ५३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा