धागो उत्पादक उद्योगीले भने- विद्युत प्राधिकरणले अनावश्यक दुःख दियो « Khabarhub

धागो उत्पादक उद्योगीले भने- विद्युत प्राधिकरणले अनावश्यक दुःख दियो


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धागो उत्पादक उद्योगीहरुले विद्युत प्राधिकरणले आफूहरुलाई अनावश्यक दुःख दिएको बताएका छन् ।

विद्युत प्राधिकरणले प्रयोग नै नगरेको डेडिकेटेड/ट्रंक लाइनको विद्युत महसुल तिर्न भनेपछि धागो उद्योगीहरुले यस्तो बताएका हुन् ।

 पत्रकार सम्मेलनको आयोजना गरेर धागो उत्पादक संघले ३-४ वर्ष अगाडीको विद्युत महसुल तिर्न भन्दै प्राधिकरणले दुःख दिएको बताएका हुन् । संघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानले प्रयोग गरेको विद्युतको महसुल सबै तिर्दै आएको बताए । उनले प्राधिकरणका अनुसार आफ्नो धागो उद्योगले तिर्नुपर्ने महसुल बढेर २ अर्ब रुपैयाँ हाराहारीमा पुगेको बताए ।

भने, ‘३ वर्ष अगाडि ७० करोडको बिल आएको थियो । अहिले प्राधिकरणले विभिन्न शीर्षक बढेर २ अर्ब हाराहारी पुर्याइसकेको छ ।’ आफ्नो जस्तै अन्य धेरै उद्योगीलाई मारमा पारेको उनले बताए ।

‘हुँदै नभएको बिजुलीको बिलको बक्यौता विवाद सृजना गरेपछि नेपालको धागो निकासी नै घटेको छ,’ उनले भने, ‘केही वर्ष अगाडिसम्म नेपालबाट धेरै धागोको निकासी हुन्थ्यो । जुन अहिले खुम्चिएको छ ।’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : १७ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच