डडेल्धुराको विवादबारे सभापति देउवालाई निधिको पत्र | Khabarhub Khabarhub

डडेल्धुराको विवादबारे सभापति देउवालाई निधिको पत्र


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा भएको क्रियाशील सदस्यता विवादबारे उपसभापति विमलेन्द्र निधिले सभापति देउवालाई पत्र लेखेका छन् ।

उनले डडेल्धुरा क्रियाशील सदस्यता विवाद समाधानपछि मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । निधिले बुधबार सभापति देउवालाई पत्र लेख्दै पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोग बिना एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताएका छन् ।

‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु,’ निधिले पत्रमा लेखेका छन् ।

सभापति देउवाको जिल्लामा जिल्ला सभापति कर्ण मल्ललाई जानकारी नै नदिएर वडा अधिवेशन गरिएको भन्दै विवाद भएको छ ।

जिल्लाबाट सिफारिस नाम काटिएको र केन्द्रबाट सोझै केही नाम थपिएको डडेल्धुरा कांग्रेस सभापति मल्लले जनाएका छन् । सभापति देउवा पुत्र जयविरसिंह देउवाको क्रियाशील सदस्यता केन्द्रबाटै समावेश गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ३९ बजे

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि

भोजपुरको कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

भोजपुर– भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको

आईपिएल : दुई विस्फोटक टिमको उपाधि भिडन्त

इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासका १० वटा धेरै योगफलका खेलमध्ये