डडेल्धुराको विवादबारे सभापति देउवालाई निधिको पत्र « Khabarhub

डडेल्धुराको विवादबारे सभापति देउवालाई निधिको पत्र


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा भएको क्रियाशील सदस्यता विवादबारे उपसभापति विमलेन्द्र निधिले सभापति देउवालाई पत्र लेखेका छन् ।

उनले डडेल्धुरा क्रियाशील सदस्यता विवाद समाधानपछि मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । निधिले बुधबार सभापति देउवालाई पत्र लेख्दै पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोग बिना एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताएका छन् ।

‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु,’ निधिले पत्रमा लेखेका छन् ।

सभापति देउवाको जिल्लामा जिल्ला सभापति कर्ण मल्ललाई जानकारी नै नदिएर वडा अधिवेशन गरिएको भन्दै विवाद भएको छ ।

जिल्लाबाट सिफारिस नाम काटिएको र केन्द्रबाट सोझै केही नाम थपिएको डडेल्धुरा कांग्रेस सभापति मल्लले जनाएका छन् । सभापति देउवा पुत्र जयविरसिंह देउवाको क्रियाशील सदस्यता केन्द्रबाटै समावेश गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ३९ बजे

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

काठमाडौं– इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन्

आन्तरिक माग सुस्त हुँदा चीनको औद्योगिक नाफा वृद्धिमा गिरावट

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारका कारण प्रविधि उत्पादन

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी