आईपीएल : कोलकातासँग राजस्थान फराकिलो अन्तरले पराजित « Khabarhub

आईपीएल : कोलकातासँग राजस्थान फराकिलो अन्तरले पराजित


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराएको छ ।

सारजाहमा बिहीबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । शिबम डुबेले १८ रन बनाउन बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम  माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकत्ताका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए ।

जितसँगै कोलकत्ता १४ खेलमा १४ अंकसहित  चौथो स्थानमा उक्लिएको छ । उसले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ३५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष