कतारमा गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी  « Khabarhub

कतारमा गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी 


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।

कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका तथा पारिवारिक भिसाको नियम पालना नगरेकासहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवाना बिनै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आममाफी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सकिने जनाएको छ ।

आममाफी प्रक्रिया आइतबार अर्थात् अक्टोबर १० मा सुरु भएर डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको मन्त्रालयले जनाएको छ । कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको जनाएको छ ।

कतार सरकारले आममाफी दिने निणर्य गरेसंगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । कतार के कति नेपाली गैरकानुनी कार्यरत छन् भन्ने बारे केहि जानकारी नभएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : २१ बजे

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान