अभिनेत्री सञ्जनामाथि ट्याक्सी चालकको उजुरी | Khabarhub Khabarhub

अभिनेत्री सञ्जनामाथि ट्याक्सी चालकको उजुरी


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतको बेङ्लोरका एक ट्याक्सी चालकले कन्नड अभिनेत्री सञ्जना गलरानीविरुद्ध उजुरी गरेका छन् । उनले अभिनेत्रीमाथि ट्याक्सीमा एयर कण्डिसनर नलाउदा आफूमाथि गाली गरेको आरोप लगाएका छन् ।

ती चालकका अनुसार ट्याक्सीमा एसी चलाउनु कर्नाटकको कोभिड–१९ दिशानिर्देशको विरुद्ध हो । तर अभिनेत्री गलरानीले सामाजिक सञ्जालमा आफूलाई चालकले दुःख दिएको र उनले आफूलाई कोभिड–१९ दिशानिर्देशका बारेमा केही नबताएको उल्लेख गरेकी छन् ।

‘सञ्जना मंगलबार बिहान यहाँ दोम्मलूरमा आफ्नो ट्याक्सीमा थिइन् । उनी ट्याक्सीमा बसिन् र मलाई एयर कन्डिसनर चालु गर्न भनिन् । मैले सरकारको कोभिड–१९ दिशानिर्देश अनुसार एयर–कण्डिसनर चालु गर्न अस्वीकार गरें । त्यसपछि उनले ठूलो स्वरमा मेरो स्तरको बारेमा गाली गरिन्’, चालकको उजुरीपत्रमा उल्लेख छ ।

चालकले आफूलाई अभिनेत्रीले अपहरणको मामला दर्ता गर्ने र सामाजिक सञ्जालमा आफूविरुद्ध अभियान चलाउने धम्की दिएको दाबी गरे । उनले आफूले कर्नाटक ड्राइभर्स फेडरेसनमा आफूमाथि भएको दुव्र्यवहारका विषयमा जानकारी दिएको बताएका छन् ।

अभिनेत्री सञ्जनाले भने घटनाप्रति आफू दुःखी भएको बताएकी छन् । ‘के म एक ट्याक्सी ड्राइभरलाई चुनौती दिन सक्छु ? म यति निच काम कहिल्यै गर्दिनँ । एक ग्राहकका रुपमा मैले ट्याक्सीमा सेवा मागेको हुँ । यो मेरो अधिकार हो । चालकले ममाथि लगाएको आरोप केवल कथाबाहेक केही होइन’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ४९ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच