प्रदेश १ को नवौँ अधिवेशन शुरु « Khabarhub

प्रदेश १ को नवौँ अधिवेशन शुरु


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।

अधिवेशनको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रत्र सदनमा सुनाए । सोही अवसरमा सभामुख भण्डारीले हिन्दुको महान चाड बडा दसैँका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् प्रदेशसभा सदस्यलाई शुभकामना पनि दिए ।

सत्ता पक्ष नेकपा (एमाले) दलका प्रतिनिधि एवं पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्र र मुलुकको सार्वभौमतालाई बलियो बनाउन राजनीतिक दल विभाजन हुनुहुँदैन भने । उनले आफ्ना दलका तर्फबाट विचार राख्ने क्रममा पार्टी भित्रको आन्तरिक जीवनलाई व्यवस्थित गर्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएको बताए ।

पूर्ववर्ती सरकारको बिदाई र नयाँ सरकार बनेसँगै विश्वासको मत विधि र प्रक्रियाअनुसार लिने भन्दै पूर्वमन्त्री कार्कीले एमालेले संविधान र कानून नमिच्ने जिकिर गरे । उनले प्रदेशसभा विभाजन भएर पनि एमालेतर्फ अत्यधिक सांसद रहने भएकाले विधि र प्रक्रियाअनुसार विश्वासको मत लिने दावी गरे ।

उनले कुनै पनि राजनीतिक दलको पूर्णबहुमत नरहेको प्रदेशसभाको मिलेर सरकार बनाउन आग्रह गर्दै अहिले सरकार संविधान धारा १६८ को १ अनुसार भएकाले विश्वासको मत लिने जानकारी गराए ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले लोकतन्त्रमा आस्था विश्वास राख्ने कंग्रेसले कहिले पनि संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम नगर्ने भन्दै प्रदेश सरकारमा संवैधानिक सङ्कट आएकाले निकास हुनु जरुरी छ भने । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले नैतिक हैसियत गुमाएकाले विश्वासको मत लिनुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले संविधानअनुसार सदन र सरकार नचलेकाले सभामुखको ध्यानाकर्षण गराए । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार अल्पमतमा परेकाले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिनुपर्नेमा हिउँदे अधिवेशन शुरु गरेको विरोध जनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र लोकतान्त्रिक रष्ट्रिय मञ्च नेपालका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले पनि सरकारले नैतिक हैसियत गुमाएको अवस्था संविधान र लोकतन्त्रको मर्म एवम् भावनाअनुसार चल्नुपर्ने धारणा राखे । प्रदेशसभाको अर्को बैठक असोज २४ गते दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ५९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको