ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’ « Khabarhub

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला विवादित अभिव्यक्तिको टिप्पणी गरेका छन्।

निर्वाचनको संवेदनशील घडीमा सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी नेतृत्वकै भएको बताएका छन्।

उनले यस्तो समयमा नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा दिनुपर्ने उल्लेख गरेका छन्।

आफ्नै सहयोद्धालाई सार्वजनिक रूपमा न्यूनिकरण गर्नु राजनीतिक परिपक्वता नभएको उनको भनाइ छ। बाह्य चुनौतीको सामना संस्थागत निर्णय र सामूहिक विचारको आधारमा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

पाण्डेले टिकट वितरणको ‘क्याल्कुलेसन’ पार्टी हितका लागि विरोध नगरी स्वीकार गरिएको स्पष्ट गर्दै, पूर्वाग्रही टिप्पणीले एमालेको साझा संकल्पलाई कमजोर बनाउने बताएका छन्।

वैचारिक असहमति राख्ने नेताहरू पनि उत्तिकै आदरणीय एमाले भएको र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह नराख्ने आफ्नो राजनीतिक संस्कार रहेको उनको भनाइ छ।

टिप्पणीहरूको खण्डनमा अल्झिनुभन्दा आफू एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिएको पाण्डेले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ८ : ४५ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य