विश्वमा आज: थाइल्यान्डको कुदेखि हिटलरको हत्या प्रयाससम्म « Khabarhub

विश्वमा आज: थाइल्यान्डको कुदेखि हिटलरको हत्या प्रयाससम्म


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

थाइल्यान्डमा कु
थाइल्यान्डमा सरकारबिरुद्ध कु कुनै नौलो घटना होइन् । थाइल्यान्डको इतिहासमा सेनाको कु सामान्य जस्तै बनेको छ । सन् १९७१ मा त्यहाँका फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारविरुद्ध कु गरेका थिए । कम्युनिस्टहरुको प्रभाव बढेको कारण दर्शाउँदै किट्टीकाचोर्नले कु गरेका थिए ।

हिटलरको हत्या प्रयास
सन् १९३९ मा जर्मनीका सिकर्मी जोहान जर्ज इल्सरले एडोफ हिट्लर र नाजी पार्टीका अन्य उच्च पदस्थ अधिकारीहरुलाई हत्या प्रयास गरेका थिए । एउटा कार्यक्रममा हिटलरसहित सबै जना सहभागी भएका बेला इल्सरले एउटा शक्तिशाली टाइम बम बिस्फोट गराएका थिए । बिस्फोटमा हिटलर बाँच्न सफल भएका थिए । उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो।

एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति
जर्मनीका भौतिक शास्त्री विलहेल्म कोनराड रोयन्टजेनले अकस्मात एक्सरे पत्ता लगाएका थिए । सोही आबिश्कारका लागि उनलाई सन् १९०१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

हिटलरको असफल सत्तापलट प्रयास
सन् १९२३ मा आजकै दिन बर्लिनतर्फ विशाल हलीसहित मार्च गरेका एडोल्फ हिटलर र नाजी पार्टीका अन्य सदस्यहरुले सरकार ढाल्ने असफल प्रयास गरेका थिए । उनीहरुले म्युनिखस्थित बीं केलरबाट मार्च सुरु गरेका थिए । कू प्रयास असफलपछि हिटलरलाई पक्राउ गरी केही बर्ष कैद गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ०० बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम