भैरहवामा छठको चहलपहल « Khabarhub

भैरहवामा छठको चहलपहल


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराई-मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ । यी सामग्री किन्न भैरहवाको मुख्यबजार साथै भारतको सुनौली, नौतनवा, फरेनियामा समेत किनमेलका लागि भिड बढेको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले दुई ठाँउमा विधिवत रूपमा मनाउँदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको कालीभक्ति गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमान मन्दिरस्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ ।

कात्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाइ तथा सजावटका काम भइरहेका छन्, वेदी बनाउने र ठाउँ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् ।

सोमबारदेखि सुरु भएको पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।

छठीमाइका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रूपन्देही जिल्लाभरका साथै मुख्यतया भैरहवा, धकधई, बेथरी, मर्चवार, बुटवल, गैडहवा र आसपासका क्षेत्रका जलाशयमा धुमधामका साथ मनाउने गर्छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार व्रतालु नुहाई स्वच्छ सात्विक भोजन (खाना) गरेर ब्रत बसिन्छ, जसलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : २९ बजे

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक