किसानका घरआँगनमा कृषिमन्त्री चौधरी « Khabarhub

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी छन् । 

मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषिसडक, बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिएकी हुन् । 

उनले आज मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाको कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिइन् । सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ मा ५० बिघामा गरिएको केराखेती र कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाबारे जानकारी लिइन् । 

मन्त्री चौधरीलाई किसानले हालै जिल्लाका विभिन्न भागमा हुरीले बालीमा पुर्‍याएको क्षतिबारे जानकारी दिँदै आफ्ना उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या भएको तथा कृषि बिमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए ।

मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि वर्तमान सरकार, स्थानीय तह, कृषक र सरोकार भएका निकायबीच सहकार्य आवश्यक भएको बताउँदै आफ्ना तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन् । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १ : ४३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४