‘प्रधानन्यायाधीशले राजीनामा दिए स-सम्मान बिदा गर्छौँ’ (भिडियो) « Khabarhub

‘प्रधानन्यायाधीशले राजीनामा दिए स-सम्मान बिदा गर्छौँ’ (भिडियो)


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानून व्यवसायीहरुले आजै राजीनामा दिए ससम्मान बिदा गर्ने बताएका छन् ।

सोमबार नेपाल बार एशोसिएशनको नेतृत्वमा कानून व्यवसायीले सर्वोच्च अदालतमा धर्नासमेत दिएका छन् । धर्नामा जानुअघि कोणसभालाई सम्बोधन गर्दै कानून व्यवसायीहरुले न्यायापालिकालाई सुदृढीकरण गर्न प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएशनका पूर्वसदस्य रमण मकुमार कर्णले भने, ‘न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्नु आफैमा दुःखद् कुरा हो । माग गर्दा पनि राजीनामा नदिनु झन् ठूलो दुःख को कुरा हो । आज राजीनामा दिनु भयो भने ससम्मान बिदा गर्दछौं ।’

यस्तै वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाले न्यायापालिकालाई संकटमा पारे बताए । उनले भने, ‘न्यायापालिका प्रधनन्यायाधीशकै कारण असम्मानित भएको छ । उहाँ न्यायापालिकाको समस्या हुनुभएको छ । उहाँकै कारण सेवाग्राहीले दुःख पाएका छन्। उहाँकै न्यायाधीशहरुले साथ छोडेका छन् ।’

उनले सम्मान पाउन सम्मानजनक काम पनि गर्नुपर्ने बताए । उनले सञ्चार माध्यममा कुनै न्यायाधीशले आफ्नो बचाउमा अन्तर्वार्ता दिनु दुःखद् भएको बताए । प्रधानन्यायाधीश राणाले आफ्नो बचाउमा अन्तर्वार्ता दिएका थिए ।

त्रिपाठीले भने, ‘उहाँ जतिदिन प्रधान प्रधान्यायाधीशको पदमा बस्नुहुन्छ । उति नै उक्त पदको अपमान हुन्छ । जति सक्दो उहाँले छिटो राजीनामा दिनमा नै सबैको भलाइ हुन्छ । पशुपतिनाथले उहाँलाई सद्बुद्धी प्रदान गरुन र जतिसक्दो चाँडो राजीनामा दिनुहोस् भन्छु ।’

यस्तै बार एशोसिएशनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले पनि प्रधान्यायाधीश राणा समस्याका रुपमा देखा परेको बताए । उनले यस्तो संकटमा पनि राजनीतिक दलहरु चुप लाग्नु दुःखको विषय भएको भन्दै बारको आन्दोलन दलप्रति सोझिने चेतावनी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १२ : ३४ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल