मनीषाले सम्झिइन् क्यान्सर उपचारको क्षण | Khabarhub Khabarhub

मनीषाले सम्झिइन् क्यान्सर उपचारको क्षण


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री मनीषा कोइराला ती अभिनेत्रीको सूचीमा पर्छिन्, जसले आफ्नो जीवनमा क्यान्सर जस्तो खतरनाक रोगलाई मात खुवाइन् । उनी कैयौं कार्यक्रममा क्यान्सरसँग जोडिएको आफ्नो अनुभव बाँड्छिन् ।

उनले आफ्नो दृढ अठोट र हिम्मतले क्यान्सरलाई हराउन सफल भइन् । मनीषाले नोभेम्बर ७ मा पर्ने राष्ट्रिय क्यान्सर जागरुकता दिवसको दिन क्यान्सरसँगका लडाईंको पुरानो तस्वीर सामाजिक सञ्जालमा राखेर स्मरण गरेकी छन् । उनले मानिसहरुलाई समाजमा क्यान्सरलाई लिएर जागरुकता फैलाउन आव्हान गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा आफ्नो क्यान्सरको उपचारको समयको तस्वीर राखेकी छन् । ‘राष्ट्रिय क्यान्सर जागरुकता दिवसको मौकामा म ती सबैलाई शुभकामना दिन्छु र क्यान्सरको उपचारको कठिन समयमा गुज्रिरहेका बिरामीहरुलाई सम्झन चाहन्छु । मलाई थाहा छ कि यो यात्रा कठिन छ । तर तपाईं यी कुरामा मजबुत हुनुहुन्छ । क्यान्सरका कारण जो व्यक्तिको निधन भएको छ, उनीहरुप्रति सम्मान दिन चाहन्छु । जसले क्यान्सरलाई जिते, उनीहरुसँग उत्सव मनाउन चाहन्छु’, उनले लेखेकी छन् ।

मनीषाले राखेको तस्वीरमा उनी उपचारको क्रममा अस्पतालको शैयामा पोज दिइरहेकी छन् । यसबाहेक अन्य तस्वीरमा उनले आफ्ना परिचित व्यक्तिहरुसँग हँसिलो मुद्रामा देखिन्छिन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : २५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको