इजलासमा बसे न्यायाधीश कुमार चुडाल « Khabarhub

इजलासमा बसे न्यायाधीश कुमार चुडाल


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास बसेका छन् ।

आफ्ना लागि पेशी नतोक्ने पूर्वसहमति विपरित राणाले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुडालले भने एकल इजलासमा पेश भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एक वटा रिट पेशीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । चुडालले जिल्ला अदालत रुकुम पूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका छन् ।

प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई छोडेर रोलक्रममा कनिष्ठतम न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : २४ बजे

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र