प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सर्वोच्च बारले देखेका ९ कारण « Khabarhub

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सर्वोच्च बारले देखेका ९ कारण


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एशोसिएशनले राजीनामा दिनुपर्ने नौवटा कारण सार्वजनिक गरेको छ ।

नेपाल बार एशोसिएशनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले बताए ।

आफ्ना माग पूरा नभए बारले निर्णयक आन्दोलन गर्ने उनको चेतावनी छ ।

न्यायाधीशहरूबीच गुटबन्दी सिर्जना गरी आपसी कलह र वैमनष्यता उत्पन्न गराएको आरोप सर्वोच्च बारको छ ।

यस्ता छन् कारण

तीन वर्षको लामो अवधिसम्म नेतृत्वमा रहने अवसर पाएर पनि नियुक्ति हुँदा सार्वजनिक रूपमा व्यक्त गरेका कुनै पनि प्रतिवद्धता पूरा नगरेको र कार्यान्वयन नगरेको ।

न्यायालयभित्र न्यायाधीशहरूका बीचमा गुटबन्दी सिर्जना गरी न्यायाधीशहरूकै बीचमा आपसी कलह, द्वेष र बैमनष्यता सिर्जना गरेको ।

कनिष्ठ र वरिष्ठ न्यायाकर्मीका बीचमा मतभेद, द्वन्द्व र विभाजन सिर्जना गरी न्यायालयलाई कमजोर बनाएको र न्यायालयको हुर्मत लिने काम गरेको ।

नेपालको न्यायिक इतिहासमै न्याय प्रशासनलाई सवैभन्दा बढी विवादित, अपारदर्शी, विसंगति र विकृत बनाएको ।

राजनीतिक दल तथा राजनीतिक सत्तासँग आफ्ना निहित स्वार्थको सौदावाजी गरी संविधानको आत्माका रुपमा रहेको स्वतन्त्र न्यायपालिका, संविधानवाद, शक्तिपृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्त, मूल्य र मान्यतालाई क्षतविक्षत बनाएको ।

नियुक्ति भएपछि तीन वर्षको कार्यकालमा न्यायालयमा हुने गरेको विकृति, विसंगति र भ्रष्टाचारलाई निर्मलीकरण गर्ने र न्याय प्रशासनलाई सुधार गर्ने सम्बन्धमा सार्वजनिक भएका कुनैपनि आफ्ना प्रतिवद्धता र वाचाहरू पूरा नगरेको ।

आफैंले गठन गरेको न्यायपालिकामा हुन सक्ने विकृति विसंगति अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुन सक्ने क्रियाकलापहरू रोकथामका लागि कानूनी, संरचनागतलगायत उपायहरू सहितको प्रतिवेदन र सुझावहरूको कार्यान्वयनको लागि जिम्मेवारीसहितको कार्ययोजना प्रस्ताव गर्न बनेको समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्नुको साटो उपहासको विषय बनाएको ।

कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन, इमान्दार र स्वच्छ न्यायकर्मी, न्याय क्षेत्रका सम्मानित व्यक्तित्वहरूले पटकपटक उठाउँदै आएको जायज माग र सरोकारलाई बेवास्ता गरेको ।

न्यायिक नेतृत्वका लागि आवश्यक न्यायिक गुण तथा कार्य क्षमता, असल आचरण, व्यवहार र चरित्रको अभाव रहेको ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : २५ बजे

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख