न्यायाधीशहरूको ‘बटमलाइन’ प्रधानन्यायाधीशको राजीनामा, राणासँग इजलासमा नबस्ने « Khabarhub

न्यायाधीशहरूको ‘बटमलाइन’ प्रधानन्यायाधीशको राजीनामा, राणासँग इजलासमा नबस्ने


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरूले न्यायालय सुधारको ‘बटमलाइन’ नै प्रधानन्यायधीशको राजीनामा भएको अडान दोहोर्‍याएका छन् ।

सोमबार बसेको न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म उनीसँग बेञ्च ‘शेयर’ नगर्ने पनि निर्णय गरेका छन् ।

राजीनितिज्ञसँग साँठगाँठ गरेर सत्ता सञ्चालनमा समेत भागवण्डा गरेको तथा न्यायालय सुधारमा अनिच्छा देखाएको आरोप खेपिरहेका प्रधानन्यायाधीश जबराले तोकेका बन्दी प्रत्यक्षीकरण बाहेकका इजलास पनि नबस्ने अडान फेरि दोहोर्‍याएका छन् ।

न्यायालय सुधारको एक मात्रै उपाय जबराको राजीनामा नै भएको उनीहरुले जनाएका छन् । प्रधानन्यायाधीश जबराले असन्तुष्ट न्यायाधीशहरू इजलास फर्किएको भन्दै भोलि (मंगलवार)बाट नियमित पेसी तोक्ने तयारी गरिरहेका बेला न्यायाधीशहरूबीच यस्तो सहमति जुटेको हो ।

असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशबाहेकको इजलासमा बसेर बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्ने, बन्दीसँगै अन्य मुद्दाको पेसी तोकिए बन्दीको मात्र हेर्ने, अन्य नहेर्ने सहमति गरेका छन् ।

बन्दीको मुद्दा हेर्ने सहमति गर्दै उनीहरूले प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा मुद्दा सुनुवाइ गरेका छन् । मंगलबारबाट बन्दीका मुद्दामा निरन्तर सुनुवाइ गर्ने, प्रधानन्याधीशसँग बेञ्च सेयरिङ नगर्ने, बन्दीबाहेकका मुद्दा नहेर्ने हाम्रो आजको सहमति हो’, न्यायाधीश हरिकृष्ण कार्कीले भने ।

प्रधानन्यायाधीश जबराले भने मंगलवार बन्दीसहितका सबै मुद्दामा पेसी तोक्ने तयारी गरेका छन् । तर, न्यायाधीशहरूले बनाएको वार्ता समितिले भने बन्दीबाहेकका मुद्दा हेर्न न्यायाधीशहरू तयार नभएको सन्देश जबरालाई दिइसकेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : १२ बजे

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौं– थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ