सर्वोच्च विवादमा गगन थापाले भने- न्यायिक नेतृत्वको विचलनविरूद्ध कांग्रेस उभिनुपर्छ « Khabarhub

सर्वोच्च विवादमा गगन थापाले भने- न्यायिक नेतृत्वको विचलनविरूद्ध कांग्रेस उभिनुपर्छ


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको नेतृत्वमा आएको विचलनविरूद्ध कांग्रेस उभिनुपर्ने बताएका छन् ।

सिन्धुलीको कमलामाईमा सोमबार आयोजित कार्यक्रममा थापाले अदालतमा ठूलो भइरहेको दंगा/फसादमा कांग्रेस सही ठाउँमा नउभिए ३० लाख मतदाताले कांग्रेस छाड्ने चेतावनी पनि दिए ।

कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालविरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छ’, थापाले भने ।

थापाले आगामी निर्वाचनमा काँग्रेस पहिलो दल बन्ने दाबी पनि  गरेका छन् ।  आगामी चुनावमा काँग्रेस एक्लै प्रतिष्पर्धामा उत्रनुपर्नेमा पनि जोड दिँदै उनले भने,’पार्टीको १४औँ महाधिवेशनको भोलिपल्टै हामी चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, काँग्रेसको स्वाभाव नै एक्लै चुनाव लड्नेँ हो, कसैसँग मिलेर चुनाव लड्नेँ हाम्रो स्वाभाव होइन ।’

विगतमा गठबन्धनको केही प्रयास भएपनि सफल नभएको उनले स्मरण गराए ।

थापाले भने,‘हामीले पाएको मत भनेको ३१ लाख हो । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरुको लागि एउटा विचार हो ।’

विगतमा चितवनमा आफ्ना मतादातो अर्को पार्टीलाई मत हाल्दा काठमाडौंमा काँग्रेसको मत घटेको उनले बताए । फेरि त्यस्तो अवस्था आउन दिन नहुनेमा कांग्रेसजन सचेत रहनुपर्ने उनको धारणा छ ।

‘चितवनमा आफ्ना मतदाताको मत अर्को पार्टीलाई हाल्दा काठमाडौँमा काँग्रेसेको मत मतदाता घटे । त्यसैले न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ’, थापाले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ५५ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र