शिखर सम्मेलन चाँडो आह्वान गरेर सार्कलाई नवजिवन दिऔँ : प्रधानमन्त्री देउवा « Khabarhub

शिखर सम्मेलन चाँडो आह्वान गरेर सार्कलाई नवजिवन दिऔँ : प्रधानमन्त्री देउवा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्रीले १९औँ शिखर सम्मेलन चाँडो आह्वान गरेर सङ्गठनलाई नवजीवन दिनुपर्ने बताएका हुन् ।

सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको प्रमुख खाका भएको र त्यसबाट दक्षिण एशियाका जनताको हितमा केही उल्लेखनीय प्रगति भएको बताउँदै प्रधानमन्त्री देउवाले यद्यपि क्षेत्रीय सद्भाव प्रवर्द्धन, गरिबी र असमानताको अन्त्य, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने हाम्रा प्रयासहरूले आवश्यक सामथ्र्य हासिल गर्न बाँकी रहेको यथार्थ प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्रीले कोभिड-१९ महामारीबाट उत्पन्न चुनौती र जोखिमलाई उल्लेख गर्दै उत्थानशील पुनरुत्थान एवं सुदृढ पुनःनिर्माणमा केन्द्रित हुँदै क्षेत्रीय समझदारी र ऐक्यबद्धतालाई पुनः आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

साथै प्रधानमन्त्रीले दक्षिण एशियाका जनताको बृहत्तर हितका खातिर सार्कलाई सक्षम बनाउन नेपालले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याए । सहयोग, विश्वास र समझदारीमा आधारित सार्कलाई अझ प्रभावकारी र परिणाममुखी तुल्याउन उहाँले सदस्य राष्ट्रहरूसँग आग्रह पनि गरे ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : २७ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक