खसोगी हत्या अभियोगमा एक साउदी नागरिक पक्राउ « Khabarhub

खसोगी हत्या अभियोगमा एक साउदी नागरिक पक्राउ


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरेबियाका पत्रकार जमाल खसोगीको हत्या अभियोगमा एक साउदी नागरिक फ्रान्सबाट पक्राउ परेका छन् ।

फ्रान्सेली मिडियाकाअनुसार खालिद एदी अल ओतैबीला पेरिसको चाल्र्स डे विमानस्थलबाट पक्राउ परेका हुन् । उनी हत्यामा संलग्न भएका २६ जना आरोपीमध्ये एक रहेको बीबीसीले उल्लेख गरेको छ ।

रियादमा सरकारका प्रमुख आलोचक खसोगीको सन् २०१८ को अक्टोबरमा टर्कीस्थितको राजधानी इस्तानबुलको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।

साउदी सरकारले वासिङ्टन पोस्टका ती पूर्व पत्रकारलाई मुलुक फर्काउन पठाइएको एजेन्टहरुको टोलीले एक दुर्घटनामा मारेको बताएको थियो । तर, टर्कीका अधिकारीहरुले भने साउदी सरकारको उच्च तहबाट आएको आदेशमा पत्रकार मारिएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ३० बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा