जर्मन चान्सलर मर्केल आज पदमुक्त हुँदै « Khabarhub

जर्मन चान्सलर मर्केल आज पदमुक्त हुँदै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन चान्सलर एन्जेला मर्केल आज पदमुक्त हुँदै छिन् ।

नयाँ चान्सलरका रूपमा आजै ओलाफ शुल्जले कार्यभार सम्हाल्दै छन् । उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने बताइएको छ ।

२२ नोभेम्बर २००५ मा चान्सलर बनेकी मर्केल जर्मनीको इतिहासमा एक मात्र महिला चान्सलर हुन् ।

आफ्नो कार्यकालमा उनी निकै लोकप्रिय बन्न सफल भइन् । उनको कार्यकालमा चार अमेरिकी राष्ट्रपति, चार फ्रान्सेली राष्ट्रपति, पाँच बेलायती प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । यद्यपि उनको कार्य कुशलताका कारण सबै राष्ट्रसँगको सम्बन्ध सुमधुर रहेको बताइन्छ ।

पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर शुल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिएकी छन् । नवनियुक्त चान्सलर शुल्जले पनि देश र जनताको हितमा काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ३० बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ