विवाह मण्डपबाट उठेर बेहुली प्रहरी भ्यानको पछिपछि दौडिइन्, कारण यस्तो « Khabarhub

विवाह मण्डपबाट उठेर बेहुली प्रहरी भ्यानको पछिपछि दौडिइन्, कारण यस्तो


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाहको समारोहमा खुसी र रमाइलोको माहौल हुन्छ । यस समारोहमा बेहुला, बेहुलीसँगै उनका आफन्तजनले निकै रमाइलो गर्दछन् । तर इक्वाडोरको एक विवाह समारोहमा भने बेहुली विवाह मण्डपबाट उठेर प्रहरीको गाडी पछिपछि दौडिन पुगिन् ।

दक्षिण अमेरिकी देश इक्वाडोरमा एक विवाह समारोह चलिरहेको थियो । सबै निकै खुसी थिए । तर अचानक विवाह स्थलमा आएको प्रहरीले बेहुलालाई नियन्त्रणमा लिई प्रहरी भ्यानमा चढाएर लगे । प्रहरीले विवाह स्थलबाटै बेहुला लगेपछि बेहुली पनि मण्डपबाट उठेर प्रहरीको भ्यान पछिपछि दौडिइन् ।

यो घटना इक्वाडोरको दक्षिण तटीय राज्य एलओरोको एल गुआबो नामक स्थानमा भएको हो । बेहुलालाई पक्राउ गरेपछि अन्य आफन्तजनले प्रहरीलाई उनलाई छोड्न आग्रह गरे । तर बेहुली भने रिसले प्रहरीमाथि चर्किदै कराउन थालिन् । जसका कारण प्रहरीले बेहुलालाई चौकी लगे ।

प्रहरीले ती बेहुलालाई पक्राउ गरी लानुमा उनले आफ्नी पहिलो श्रीमतीलाई गुजारा भत्ता नदिएको आरोप लागेको थियो । यही विषयमा उनलाई पक्राउ गरी चौकी पुराइएको थियो । ती बेहुलाले पहिलो श्रीमतीका बच्चालाई समेत कुनै आर्थिक मद्दत नगरेको मुद्दा लागेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ०४ बजे

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का