अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित « Khabarhub

अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । २४८ मत पाएका अमरेश भने पराजित भए ।

केन्द्रीय राजनीतिमा बलियो प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् ।

अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन ।

सर्लाही १ र ४ मा मंगलबार सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ११ बजे

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार